नियम
सङ्केत पट्टा लगाउनु पर्ने
: १) नियम ५ बमोजिम स्वास्थ्य परीक्षण गर्दा त्यस्तो पशुधन स्वस्थ र निरोगी प्रमाणित भएमा स्वास्थ्य परीक्षण गर्ने प्राविधिकले त्यस्तो पशुधनलाई कोषले उपलब्ध गराएको सङ्केत पट्टा लगाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम सुरक्षित पशुधनलाई लगाएको सङ्केत पट्टा यस नियमावली बमोजिम त्यस्तो पशुधन सुरक्षणमा रहेसम्म झिक्न हुँदैन ।

(३) कुनै कारणले सुरक्षणको अवधि समाप्त नहुँदै त्यस्तो पशुधनको सङ्केत पट्टा हराएमा वा नष्ट भएमा पशुधनीले सम्बन्धित प्राविधिक, सदस्य संस्थाको प्रतिनिधि वा सामूहिक जमानी अन्तर्गत खरिद गरी सुरक्षण गरिएको पशुधनको हकमा त्यस्तो समूहको अध्यक्षलाई सो कुराको जानकारी गराई त्यस्तो पशुधनलाई तत्कालै अर्को सङ्केत पट्टा लगाउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम सुरक्षित पशुधनलाई पुन सङ्केत पट्टा लगाएको भए सम्बन्धित सुरक्षणकर्ताले सोको जानकारी सदस्य संस्था मार्फत कोषलाई दिनु पर्नेछ ।

(५) उपनियम (३) बमोजिम पशुधनलाई सङ्केत पट्टा लगाइसकेपछि त्यसअघि हराएको सङ्केत पट्टा फेला परेमा सुरक्षणकर्ताले त्यस्तो सङ्केत पट्टा सम्बन्धित सदस्य संस्था वा कोषमा बुझाउनु पर्नेछ ।